कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

शीतलहरको कष्ट

शब्द तथा तस्बिर : शिव पुरी

रौतहट — दुई सातादेखि बढेको चिसो र शीतलहरका कारण रौतहटलगायत तराई मधेसमा जनजीवन कष्टकर बनेको छ । चिसोको कारण सबैभन्दा बढी दलित बस्तीका मानिस प्रभावित भएका छन् । सोमबार घाम लागे पनि मंगलबारबाट पुनः शीतलहर चल्न थालेको छ ।

लगातारको शीतलहरले दलित बस्तीको अलवा सुत्केरी, गर्भवती, वृद्धवृद्धा, गरिब, विपन्न, पशुचौपाया प्रभावित छन् । चिसो बढेसँगै अधिकांश गाउँमा धुनी बालेर मानिसहरू आगो तापिरहेका छन् । जाडोका कारण पशुचौपायालाई बोरा ओढाइएको छ । जाडो बढेपछि जिल्लाका अधिकांश विद्यालय डेढ सातादेखि बन्द छन् । चिसोबाट दमका बिरामी बढी समस्यामा पर्ने चन्द्रपुर अस्पतालका चिकित्सक सुभाष चौधरीले बताए ।


प्रकाशित : माघ ९, २०८० ११:२४
प्रतिक्रिया
पठाउनुहोस्