शब्द तथा तस्बिर : शिव पुरी

रौतहटमा पानीको बहाव कम हुँदै, दिनचर्या सामान्य अवस्थामा फर्कँदै

लगातारको वर्षापछि वाग्मती र लालबकैया नदीमा आएको बाढी बस्तीमा पस्दा सदरमुकाम लगायतको जनजीवन अस्तब्यस्त भएको छ । अहिले गौरको डुबान कम हुँदै गएको छ । मानिसहरु घरबाट बाहिर निस्कन थालेका छन् । केही पसलहरु खुलेका छन् । अधिकांश व्यापारीको पसल डुबानमा परेर क्षति पुगेको छ । जनजीवन विस्तारै सामान्य बन्दै छ । रौतहटमा अहिलेसम्म ५ जनाको मृत्यु भएको छ भने २ बेपत्ता छन्  ।

मुसहर बस्तीमा धुर्मुस-सुन्तलीले यसरी मनाए होरी

चन्द्रपुर-८ स्थित मुसहर बस्तीमा शुक्रबार कलाकार सिताराम कट्टेल (धुर्मुस) र पत्नी कुन्जना घिमिरे (सुन्तली) ले होरी मनाए । उनीहरुलाई स्वागत गर्न बस्तीका मानिसहरु थरीथरीका रंग लिएर बसेका थिए । धुर्मुस-सुन्तली होली खेल्न आउने भएपछि मुसहरहरु मख्ख थिए । बस्तीमा खुशीको छुट्टै महोल थियो । अपरान्ह दुवै आए । बस्ती प्रवेश गर्नासाथ रंगीविरंगी रंगले स्वागत उनीहरुलाई गरे ।

[फोटोफिचर] चितवनबाट शुक्लाफाँटा लैजान गैंडा समातियो

चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्रमा सोमबार बिहानदेखि ३० वटा हात्ती तैनाथ गरिएको थियो । डार्ट गर्ने प्राविधिकसहित सयको हाराहारीमा निकुञ्जका टोली गैंडा खोज्न जंगल छिर्‍यो । करिब १ किलोमिटर पर राप्ती नदी नजिक पुग्नासाथ माउ र बच्चासहित ३ वटा एक सिंगे गैंडा फेला पर्‍यो ।

शब्द तथा तस्बिर : शिव पुरीका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।