१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

सकियो दसैं

तस्बिर : सन्जोग मानन्धर, तस्बिर : हेमन्त श्रेष्ठ, मेनुका ढुंगाना, केदार सिवाकोटी

काठमाडौँ — असोज २८ मा घटस्थापनासँगै विधिवत् रूपमा सुरु भएको बडादसैंको शनिबार अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमा । हिन्दु धर्मावलम्बीहरूको ठूलो चाडका रूपमा रहेको दसैंमा विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्मै टीकाजमरा लगाउने गरिन्छ ।

मंगलबार परेको टीकाका दिन राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिएका थिए । घरघरमा मान्यजनबाट टीका ग्रहण गरिने यो पर्वमा विभिन्न शक्तिपीठमा समेत पूजाअर्चना गरिएको छ । यही अवसरमा दोलखामा खड्ग जात्रा सम्पन्न भयो भने तलेजु मन्दिरमा भक्तजनको भीड लाग्यो ।

चंगा उडाएर तथा पिङ खेलेरसमेत दसैंलाई अझ रमाइलो बनाउने चलन छ । घर फर्किएकाहरू दसैं समापनसँगै आआफ्नो पेसा–व्यवसाय तथा अध्ययनका लागि गन्तव्यतिर लाग्ने क्रम सुरु भइसकेको छ ।

प्रकाशित : कार्तिक ११, २०८० ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्