कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गाजाको सीमाक्षेत्रमा ड्यूटी सकेर सेद्रोत फर्केका इजरायली सेना [तस्बिरहरू]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना, होम कार्की

इजरायल — इजरायलमा हमासले आक्रमण गरेपछि अहिले गाजा क्षेत्रमा युद्व जारी छ । इजरायलले प्यालेष्टाइन क्षेत्रमा आक्रमण गरिरहेको छ । हमासले इजरायलमाथि आक्रमण गरिरहेको छ । युद्धग्रस्त क्षेत्रमा ठूलो मानवीय संकट र त्रासदी छ । युद्धग्रस्त क्षेत्रको रिपोर्टिङका क्रममा कान्तिपुरकर्मीहरु होम कार्की र प्रकाशचन्द्र तिमिल्सेना अहिले इजरायल क्षेत्रमा छन् । यसैक्रममा फोटो पत्रकार तिमिल्सेनाले इजरायली सैनिकहरुका गतिविधि क्यामेरामा कैद गरेका छन् ।

जसमा इजरायलका नागरिकले स्वस्फूर्त रुपमा खानेकुराहरुका साथै दैनिक प्रयोगमा आउने सामानहरु ल्याएर रखिदिने गर्छन् र आवश्यक पर्ने सैनिकहरुले लैजाने गर्दाका दृश्य छन् । दक्षिण इजरायलको गाजासँग जोडिएको सीमामा खटिएका सेनाहरु आरामको लागि सेद्रोतको शुभमा आएका बेला दाह्री,कपाल मिलाउँदै गरेका छन् ।


प्रकाशित : कार्तिक २, २०८० १८:३३
प्रतिक्रिया
पठाउनुहोस्