कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सरकारको ध्यान पुगोस्

पाठक पत्र

चुनदेवीबाट घलाँते जाने महेन्द्रगल्लीमा फुटेको ढल बनाइदिन तत्कालीन भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण भएको थियो । उपत्यका खानेपानी संस्थानले ढल बनाए पनि यहाँको बाटो भने बनेन ।

सूर्यविनायक नगरपालिका–५ र ६ को बीचमा पर्ने यो बाटो मेलम्ची खानेपानीले खण्डखण्ड पिच गरेर मान्छे हिँड्न नै गाह्रो पर्ने गराएको छ । १ खण्डको ६ नम्बर वडाले ढलान गर्ने जिम्मा लिए पनि हालसम्म आँखा चिम्लेर बसेको छ ।

स्मरणीय छ कि यस नगरपालिका–५ मा एमाले र ६ मा कांग्रेसका वडाध्यक्ष छन् । उनीहरू दुवैले बर्खाभरि हिलो र हिउँदभरि धूलो खुवाएर हैरान गरे । पहुँच भएका वा खर्च गर्ने व्यक्ति भएमा एउटा घरमा पनि बाटो पुगेको छ र ढलान पनि भएको छ ।

तर सार्वजनिक ठाउँको बाटो बनाउने काम भएन । यहाँ पहुँच भएका १/२ वटा रिसोर्ट जाने बाटो वडाले ढलान गरिदियो । तर १०/१२ घरको बीचमा पर्ने दिनहुँ सयौं मानिस हिँड्ने र गाडी आवतजावत गर्ने सडक भने बनेको छैन । अहिले त पानीले सडक चिरा परेको छ भने गाडी हिँडाउन पनि निकै गाह्रो परेको छ ।

हामी प्रदेश र संघ सरकार, जिल्ला प्रशासन कार्यालय भक्तपुर र सूर्यविनायक नगरपालिकासमेतको ध्यानाकर्षण गराउन चाहन्छौं । भविष्यमा यो बाटामा कसैको पनि दुर्घटनामा ज्यान जाने अवस्था नआओस् ।
– चुनदेवी, महेन्द्रगल्लीका स्थानीयवासी, सूर्यविनायक नगरपालिका–५ र ६

प्रकाशित : असार १८, २०८० ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?