कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

म प्रधानमन्त्री बन्छु कि भनेर केहीलाई पोल्ने गरेको छ : अध्यक्ष नेपाल

काठमाडौँ — सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको टिप्पणी गरेका छन् ।  

म प्रधानमन्त्री बन्छु कि भनेर केहीलाई पोल्ने गरेको छ : अध्यक्ष नेपाल

पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी) ले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले जसले जे भने पनि आफूहरूका लागि अनुकुल वातावरण बनाउने कुरामा ध्यान दिने बताए ।

‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ । पोल्ने मानिसहरू पनि छन् यो समाजमा । तिनलाई पोले पोलोस् । दन्दनी आगोले पोलिरहोस्, त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ, म भन्न चाहन्छु,' अध्यक्ष नेपालले भने, 'परिस्थितिलाई हामीले आफ्नो अनुकुल बनाउने कुरामा हाम्रो ध्यान जानुपर्छ । हामी समाजलाई बदल्नका लागि, रुपान्तरण गर्नका लागि आजसम्म काम गर्दै, भूमिका खेल्दै आएका छौं । हिजो पनि गणतन्त्र ल्याउनका लागि भूमिका खेल्यौं । शान्ति प्रक्रियालाई अघि बढाउन भूमिका खेल्यौं । मुलुकमा निरंकुश शासन ढाल्नका लागि पनि महत्वपूर्ण भूमिका खेल्यौं । जनतालाई न्याय दिलाउनका लागि पनि महत्वपूर्ण भूमिका खेल्यौं । महिला अधिकारका लागि पनि भूमिका खेल्यौं ।’

अध्यक्ष नेपालले एकीकृत समाजवादीबाट प्रधानमन्त्री र मन्त्री बन्न भन्दा पनि देश र जनताको हितमा समर्मित भएर काम गर्न लागि परेको दाबी गरेका थिए । पार्टीबाट सरकारमा सहभागी मन्त्रीले राम्रो काम गरिरहेको पनि उनको दाबी थियो ।

अध्यक्ष नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने काममा गल्ती भएको भनेर स्वीकार गर्ने आँट अझैसम्म नगरेको भन्दै आलोचना पनि गरेका थिए ।

प्रकाशित : वैशाख १७, २०८१ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?