कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

भावी विश्व खाद्य नीति कस्तो हुने भन्नेबारे काठमाडौंमा विमर्श

काठमाडौँ — बढ्दो जनसंख्या, घट्दो कृषि उत्पादन र जलवायुमा आएको विश्वव्यापी परिवर्तनले पृथ्वीमा भविष्यको खाद्य प्रणाली कस्तो होला ? यसबारे दिन प्रतिदिन बढ्दो वैश्विक चुनौतीलाई सामना गर्ने तरिकाका बारेमा विमर्श गर्न अन्तराष्ट्रिय कृषि अनुसन्धान परामर्शदाता समूह (सिजिआइएआर) का अन्तराष्ट्रिय खाद्यविद्हरु काठमाडौंमा भेला भएका छन् । 

भावी विश्व खाद्य नीति कस्तो हुने भन्नेबारे काठमाडौंमा विमर्श

चार दिनसम्म चल्ने कार्यक्रम मंगलबार सुरु भएको हो । जसमा एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका खाद्यविदहरुको सहभागिता छ रहेको छ । विशेषतः खाद्य, जमिन र सिचाईंको उपलब्धतामा परेको प्रभावले भविष्यलाई के असर पार्ला भन्ने बारे छलफल हुने र साझा उपायहरु कसरी पहिल्याउने भन्ने बारे बहस केन्द्रित भएको आयोजक संस्था सिजिाइएफआरले जनाएको छ ।

कार्यक्रमको नेपालस्थित साझेदार आईआईडीएसका कार्यकारी निर्देशक अर्थशास्त्री विश्व गौचनले आउने दिनको खाद्य सुरक्षाका लागि पृथ्वीभरका मानिसको सामूहिक रणनीति र उपाय पत्ता लगाउन जरुरी भएको भन्दै सहभागीहरुलाई स्वागत गरेका छन् ।

वातावरणीय दिगोपन र सामाजिक–आर्थिक विकासका चुनौतीहरूलाई सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक हुने उनले बताए । अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्थान (इफ्री) र अन्तराष्ट्रीय कृषि अनुसन्धान परामर्शदाता समुहका लागि रूपान्तरण रणनीतिको वरिष्ठ निर्देशक चन्निङ अर्नड्ट पनि कार्यक्रमका लागि काठमाडौं आएका छन् ।

उनले जलवायु परिवर्तनले ल्याएको चुनौतीलाई सामना मानिसहरुबीच साझा सहकार्यको विकल्प नभएको भन्दै सामूहिक रणनीति पत्ता लगाउन कार्यक्रमको आयोजन गर्न परेको बताए । इफ्रीका दक्षिण एसिया निर्देशक डा. शाहिदुर रशीदले यस क्षेत्रका खाद्य सुरक्षा चुनौती पहिचान गरेर तदनुसारको नीति अबलम्बन गर्न विशेषज्ञहरुको भेलाले बल पुग्ने बताए ।

प्रकाशित : वैशाख ५, २०८१ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?