कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

कांग्रेसले कसैलाई दोषी करार गरेको छैन, छानविनको माग गरेको हो : सांसद खतिवडा

काठमाडौँ — नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सहकारी ठगी प्रकरणमा कांग्रेसले कसैलाई दोषी करार नगरेको दाबी गरेका छन् । उनले कांग्र‍ेसले ठगीको आरोप लागेकाहरुमाथि छानविन गर्न संसदीय समिति गठन मात्रै आफूहरुको माग रहेको बताए । 

कांग्रेसले कसैलाई दोषी करार गरेको छैन, छानविनको माग गरेको हो : सांसद खतिवडा

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले आफूहरुले सहकारी ठगीमा कसैलाई दोषी करार नगरेको बताए । उनले काठमाडौं, बुटवल, पोखरा, भैरहवा र चितवनका सम्पूर्ण सहकारीबाट अर्बौँ पैसा अपचलन गरेर गोर्खा मिडिया प्रा.लि.का नाममा एक अर्बभन्दा बढी पैसा जम्मा गरिएको र सो प्रा.लि.को प्रवन्ध निर्देशक रवि लामिछाने रहेको सत्य सबैको सामु छर्लङ्ग रहेको बताए ।

‘काठमाडौं, बुटवल, पोखरा, भैरहवा, चितवनका सम्पूर्ण सहकारीबाट अर्बौँ पैसा अपचलन गरेर गोर्खा मिडिया प्रा.लि.का नाममा एक अर्बभन्दा बढी पैसा त्यहाँ जम्मा गरियो । जुन गोर्खा मिडिया प्रा.लि.को प्रवन्ध निर्देशक रवि लामिछाने भन्ने व्यक्ति हुनुहुन्थ्यो । सहकारीको पैसा कुनैपनि आफु सदस्य नभएको संस्थामा लान पाइदैन । जुन संस्था त्यसको सदस्य छैन, त्यो संस्थामा अर्बौँ पैसा लगियो,' सांसद खतिवडाले भने, 'त्यो पैसा छानविन होस् भनेर हामीले आवाज उठाउँदा म निर्दोष छु । यसमा छानविन हुनुहुँदैन भनेर आवाज उठाइन्छ । हामीले कसैलाई दोषी करार गरेका छैनौँ । र्दोषी हो वा होइन भनेर हामीले भन्न मिल्दैन, र आरोपितले पनि भन्न मिल्दैन, त्यसका लागि सत्यतथ्य छानविन हुनु आवश्यक छ ।'

उनले कांग्रेसले कोहीसँग पनि राजनीतिक पूर्वाग्रह नराखेको बताए ।

'हामीलाई कसैसँग इर्श्या छैन । हामी कसैलाई फसाउन उद्दत छैनौँ । तर आरोप लागेको व्यक्ति हाम्रो गृहमन्त्री बन्नुभएको छ, जुन कुरा सुहाउँदैन । यदि उहाँमाथि गलत आरोप लगाइएको हो भने त्यो छानविन समितिबाट प्रष्ट भएर उहाँले न्याय पाउनुपर्छ,' उनले भनिन् । सरकार संसदीय छानविन समिति गठन नगरेर भाग्नुपर्ने स्थिति नरहेको दाबी गरे ।

प्रकाशित : चैत्र २८, २०८० १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?