कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

सरकारको प्रमुख लक्ष्य मुलुकको भौतिक पूर्वाधार विकास : उपप्रधानमन्त्री महासेठ

सन्तोष सिंह

धनुषा — उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारको प्रमुख लक्ष्य मुलुकको भौतिक पूर्वाधार विकास रहेको बताएका छन् । 'भौतिक पूर्वाधारको विकास नभएसम्म मुलुक समृद्धितर्फ जान सक्दैन,' महासेठले भने, ‘प्रधानमन्त्रीको निर्देशन कि भौतिक पूर्वाधारमा राम्रो गर्नुस् । सरकारको पहिलो लक्ष्य नै भौतिक पूर्वाधार विकास हो ।’

सरकारको प्रमुख लक्ष्य मुलुकको भौतिक पूर्वाधार विकास : उपप्रधानमन्त्री महासेठ

हुलाकी राजमार्ग, महेन्द्र राजमार्गको चार लेनमा स्तरोन्नति, मध्यपहाडी राजमार्ग र मदन भण्डारी राजमार्ग लगायतका सडकको छिटो निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सरकार अगाडि बढिरहेको उनले बताए ।

जनकपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उपप्रधानमन्त्री महासेठले नेपाली कांग्रेसले संसद्‌मा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्नु गलत भएको बताए । 'कांग्रेसले प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दा लामिछाने दोषी थिएन,' उनले भने, ‘कांग्रेसको अफर अस्वीकार गरी अहिले गृहमन्त्री हुँदा दोषी भन्न मिल्दैन । उहाँमाथि छानबिन भइरहेको छ ।’ छानबिनमा दोषी देखिए लामिछानेले सरकार छोड्नै पर्ने महासेठले बताए ।

उपप्रधानमन्त्री महासेठले गठबन्धनभित्र भएको सहमतिअनुसार प्रदेश सरकार फेरबदल हुने पनि बताए ।

उपप्रधानमन्त्री महासेठलाई जनकपुर विमानस्थलमा माछा र दहीको भारले कार्यकर्ताहरुले स्वागत गरे ।

प्रकाशित : चैत्र ८, २०८० १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?