कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

कांग्रेस घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा लाग्दैन : महामन्त्री शर्मा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गरेका छन् । 

कांग्रेस घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा लाग्दैन : महामन्त्री शर्मा

उनले कांग्रेसले घरघरमा पुगेर देउसी खेल्ने र सरकार बनाउने धन्दामा नलाग्ने दाबी गरे । कांग्रेस अहिलेको सरकार भत्काउन धार्नी पुर्‍याउनेतर्फ नलाग्ने उनको भनाइ छ । उनले कांग्रेस अब जनताका मुद्दाहरु लिएर संसद्मा बलियो प्रतिपक्षीको भूमिकामा खरो उत्रिने बताए ।

शनिबार पार्टीको पदाधिकारी बैठकपछि महामन्त्री शर्माले सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने प्रष्ट धारणा बनाएको बताए । ‘हामीले सभापतिज्युलाई भनेका छौँ । अहिले हामी सरकार बनाउने वा भत्काउने भन्ने खेलमा लाग्दैनौँ । यो गठबन्धन जे बनेको छ, यसले काम गर्ने अवसर पाओस् । हामीमाथि जे अभियोगहरु भनियो, हाम्रा मन्त्रीज्युहरुले काम गरेनन् भन्ने अभियोग छ,' उनले भने, 'त्यसको परीक्षण हुन्छ ।'

उनले पार्टीका तर्फबाट मन्त्री बनेकाहरुमध्ये सबैले राम्रै-राम्रो गर्न नसकेको स्वीकार गर्दै केही पनि नगरेको भन्न नमिल्ने बताए ।

'मन्त्रीले काम गर्नका लागि, रिजल्ट देखाउनका लागि कम्तिमा एक वर्षको समय पाउनुपर्थ्यो, यतिकै कांग्रेसका मन्त्रीले काम गर्न सकेनन् भनेर प्रधानमन्त्रीले पन्छिन मिल्ने कुरा होइन,' उनको भनाइ थियो ।

महामन्त्री शर्माले संसद्मा कांग्रेसले ठूलो दलको हिसावले जिम्मेवारी पूर्णरुपमा निभाउने बताए । 'अहिले शिक्षा विधेयक छलफलमा छ । यदि कसैले यसलाई पास गर्दैनौँ भन्छ भने पर्खाल भएर उभिन्छौँ, अरु पनि कानूनहरु बन्नेक्रममा छन्, बनाउनुपर्ने अवस्थामा छन्, अबको हाम्रो ध्यान त्यहाँ केन्द्रीत हुन्छ,' उनले भने ।

प्रकाशित : फाल्गुन २६, २०८० १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?