ओलीको आरोप : सरकार क्वीन्टलका दरले सुन तस्करीमा लागेको छ

कान्तिपुर संवाददाता

सुर्खेत — प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सुन तस्करीमा लागेको आरोप लगाएका छन् । सरकार नै क्वीन्टलका दरमा सुन तस्करीमा लागेको ओलीको आरोप छ ।

ओलीको आरोप : सरकार क्वीन्टलका दरले सुन तस्करीमा लागेको छ

एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्न सुर्खेत पुगेका ओलीले सरकारमाथि सुन तस्करीको आरोप लगाएका हुन् । सत्ता स्वार्थका लागि सत्तारुढ गठबन्धनमा रहेका दलहरू जेसुकै गर्न तयार रहेको पनि उनको भनाइ थियो ।

'सत्ता स्वार्थका लागि गठबन्धन सरकार जेसुकै गर्न पनि तयार छ । विमानस्थलमा क्वीन्टल सुन आएको पनि देख्दैन । चेकजाँच मेसिन कराउँदैछ । त्यहाँ बस्नेले लैजा-लैजा भनेर क्वीन्टल सुन बाहिर पठाउँछ,' उनले भने .

सरकार काक्रा चोरेर बियाँ सार्न आफ्नो पार्टीतिर आउने गरेको ओलीको भनाइ थियो ।

त्यस्तै, अहिलेको सरकार लम्पसारवाद गठबन्धन भएको पनि ओलीले बताए । एमालेले सरकारको नेतृत्वमा जान भन्दा पनि मुलुकमा समृद्धि चाहेको उनले बताए ।

'एमालेको अबको मिसन २०८४ हो । मिसन २०८४ लाई अर्थपूर्ण बनाएर एमालेले एकलौटी सरकार बनाउँनेछ,' उनको दाबी थियो ।

प्रकाशित : आश्विन १०, २०८० १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?