कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४
संखुवासभा कारागारमा कैदी मृत्यु प्रकरण

कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध किटानी जाहेरी

दिपेन्द्र शाक्य

संखुवासभा — मृतकका आफन्तले जिल्ला कारागारमा भएको दुई कैदी मृत्यु प्रकरणमा कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध किटानी जाहेरी

जिल्ला कारागारका निमत्ति प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षाकर्मी प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलगायतविरूद्ध पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा शनिबार उजुरी दर्ता गराएका हुन् ।

जिल्ला कारागार संखुवासभामा दुईजना कैदीको कुटपिटबाट मृत्यु भएको थियो । कुटपिटबाट कैदी संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो ।

मादी नगरपालिका–५ का ३० वर्षीय प्रकाश तोलाङ्गीले कारागार प्रमुख र कारागार सुरक्षाकर्मीलगायतविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदार बताए ।

कैदीहरूको कुटपिटबाट मृत्यु भएपछि पीडितका आफन्तहरूले शवको पोष्टमार्टम नगरी विरोध गर्दै आएका थिए ।

सम्बन्धित समाचारः

संखुवासभा कारागार मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न आफन्तको माग

खुवासभा कारागारमा २ बन्दीको मृत्युपछि ७ जना नियन्त्रणमा

प्रकाशित : श्रावण २७, २०८० १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?