दिल्लीमा भाजपालाई बुझ्दै माओवादी नेता

काठमाडौँ — दुई पार्टीबीचको सम्बन्धलाई सुमधुर र बलियो बनाउन सत्तारुढ दल माओवादी केन्द्रकी नेतृ पम्फा भुसालको नेतृत्वमा आइतबार गएको ५ सदस्यीय टोलीले सोमबारबाट नयाँ दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) बारे बुझ्न थालेका छन् ।

दिल्लीमा भाजपालाई बुझ्दै माओवादी नेता

उक्त टोली भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा त्यसतर्फ गएको थियो । उनीहरूलाई नयाँ दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए । टोलीमा माओवादी केन्द्रीय सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्या पहाडी तथा नेताहरू सुरेशकुमार राई र रामेश्वरराय यादव उक्त टोलीमा छन् ।

माओवादी नेताहरू भाजपाले अघि सारेको ‘भाजपालाई बुझ्ने’ कार्यक्रममा सहभागी हुन भारत भ्रमणमा गएका हुन् । पहिलो दिन नेपाली टोलीलाई भाजपाको मुख्यालयमा भ्रमण गराई विभिन्न मोर्चाका प्रतिनिधि र नेताहरूसँग अन्तरक्रिया कार्यक्रममा सामेल गरिएको थियो । उक्त टोली साउन १२ मा फर्किने कार्यक्रम छ ।

प्रकाशित : श्रावण ८, २०८० १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?