२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा परेको रिट आज ‘हेर्न नभ्याइने’

काठमाडौँ — कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट आइतबार हेर्न नभ्याइने सूचीमा परेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको अदालतले जनाएको छ ।

कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा परेको रिट आज ‘हेर्न नभ्याइने’

निर्वतमान मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभाका सभामुख बाबुराम गौतमको हस्ताक्षरसहित सरकार गठनका लागि गरेको दाबी गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

गौतमको हस्ताक्षरसहितको दाबीलाई अनुमोदन गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले कांग्रेसका उद्धव थापालाई प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए । कार्कीको मुद्दामा प्रमुख खापुङलाई पनि विपक्षी बनाइएको छ । ९३ सदस्यीय कोशी प्रदेशमा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रकाशित : असार २४, २०८० १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?