कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल झण्डै दुई साता लामो अस्पताल बसाइपछि बुधबार निवास फर्किएका छन् । मुटुमा समस्या भएपछि राष्ट्रपति पौडेल असार २ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

स्वास्थ्यमा सुधार भएपछि बुधबार दिउँसो उनी अस्पतालबाट शीतल निवास फर्किएको प्रेस सल्लाहकार कीरण पोखरेलले जानकारी दिए । अस्पतालले बुधबार एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जनाएको छ ।

राष्ट्रपति पौडेलले भने उपचारपछि चिकित्सकहरूसहित विभिन्न स्वास्थ्यकर्मी, कर्मचारीहरू साथै आफ्नो स्वास्थ्यप्रति चासो एवम् चिन्ता व्यक्त गर्नेहरूलाई धन्यवाद प्रकट गरेका छन् ।

पछिल्लो पटक भारतमा उपचार गराई फर्किएपछि राष्ट्रपति पौडेलको स्वास्थ्यमा पुन: समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

गत जेठ ३१ गते अस्पतालबाट निवास फर्किएका राष्ट्रपति पौडेल स्वास्थ्यमा समस्या देखिएपछि असार २ गते पुन: अस्पताल भर्ना भएका थिए ।

प्रकाशित : असार १३, २०८० १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?