कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रधानमन्त्री दाहालकै नेतृत्वमा देशमा समृद्धिको जग हाल्नसक्ने ठूलो सम्भावना : मन्त्री किराती

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहालकै नेतृत्वमा देशले समृद्धिको जग हाल्नसक्ने ठूलो सम्भावना रहेको बताएका छन् ।

प्रधानमन्त्री दाहालकै नेतृत्वमा देशमा समृद्धिको जग हाल्नसक्ने ठूलो सम्भावना : मन्त्री किराती

नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औं वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित कविता महोत्सवमा बोल्दै मन्त्री किरातीले प्रधानमन्त्री दाहालकै नेतृत्वमा संघर्ष भएको र शान्ति स्थापना भएको बताए । उनले भने, ‘अब सुशासन कायम गर्नुपर्नेछ । प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा संघर्ष पनि भयो, शान्ति पनि उहाँकै नेतृत्वमा यो देशले प्राप्त गरेको छ । उहाँकै नेतृत्वमा समृद्धिको जग हाल्नसक्ने ठूलो सम्भावना छ ।'

भुगोलका हिसाबले सानो भए पनि नेपाल संस्कृति र भाषाका हिसाबले सानो नभएको उनको भनाइ थियो । 'हाम्रो भूगोल सानो छ । उत्तर दक्षिणतर्फ हाम्रा ठूला देशहरु छन् । तर संस्कृति र भाषाको दृष्टिकोणले हामी साना छैनौं । विविध संस्कृति र भाषालाई बुनेर एक बनाउनु पर्छ । साहित्य संस्कृतिमा तपाईंहरुले योगदान गरिदिनुहोस्,' उनले भने ।

मन्त्री किरातीले सुशासनको पक्षमा, समृद्धिको पक्षमा र भ्रष्टाचारको विरुद्धमा सरकार जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको बताए । उनले भने, 'अब हामी सुशासनको पक्षमा, भ्रष्टाचारको विरुद्धमा र समृद्धिको पक्षमा जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न तयार छौं ।’

प्रकाशित : असार ९, २०८० १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?