कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

किसानलाई अप्ठ्यारो पर्दा सरकार अभिभावक बन्नुपर्छ : बर्तौला

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले किसानले उत्पादन गरेका गोलभेडा लगायतका कृषि अनाजहरूको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

किसानलाई अप्ठ्यारो पर्दा सरकार अभिभावक बन्नुपर्छ : बर्तौला

प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै बर्तौलाले कालिमाटी बजारमा गोलभेडाको उचित मूल्य नपाउँदाखेरी किसानहरूले सडकमा नै त्यसलाई फ्याँक्नुपर्ने अवस्था आएको उल्लेख गर्दै सबै कृषि अनाजहरूको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

'हामी बैठकमा सहभागी भइरहेको बेलामा यति नै खेर सैयौं किसानहरू काठमाडौंको कालिमाटीमा उपस्थित भएर उहाँहरूले आफूले उत्पादन गरेको हजारौं केजी टमाटरलगायत कृषि उत्पादनहरू कालिमाटी चोकमा सडकमा फ्याँकेर आन्दोलन गरिरहनु भएको छ । उहाँहरूले निकै धेरै मात्रामा तरकारी उत्पादन गरिरहनु भएको छ । गोलभेडा उत्पादन गरिरहनु भएको छ,' उनले भने, 'आफूले उत्पादन गरेको तरकारीको मूल्य पाउन सक्नु भएको छैन । उहाँहरुको प्रतिकेजी उत्पादन लागत नै करिब २०-२५ रुपैयाँ पर्छ । तर मूल्य पाउँदाखेरी आज ४-५ रुपैयाँ पाउन पनि गाह्रो छ ।'

किसानहरूको ढुवानीको लागि सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने बर्तौलाको भनाइ थियो । किसानहरूको उत्पादन लागत बराबर बजार नपाउँदा, बजारको सुनिश्चितता नहुँदा सरकारले बजारको सुनिश्चितताको दायित्त्व लिनुपर्ने उनले बताए ।

'मूल्य प्राप्त नगर्दाखेरी कम्तिमा पनि समर्थन मूल्य बराबर क्षतिपूर्तिको सुनिश्चितता सरकारले गर्नुपर्छ । तबमात्र नेपाली किसानहरूलाई कृषि उत्पादन गर भनेर प्रोत्साहित गरिरहँदाखेरी राज्यले अप्ठ्यारो पर्दा, समस्यामा पर्दा राज्य तिम्रो अभिभावक बन्छ, बन्नेछ भन्ने सुनिश्चितता त्यो राज्यले देखाउनु पर्छ,' उनले भने, 'जसरी किसानहरूले उत्पादन गरेको आज बन्दा, कोभी बारीमा बजार नपाएर, मूल्य नपाएर सुकेर बसेको छ । दूध किसानहरूले मूल्य नपाएर सडकमा पोख्नु परेको छ । गोलभेडा आज मूल्य नपाएर सडकमा यसरी फ्याँक्नु परेको छ । किसानका यी तमाम समस्याहरुलाई दिगोरुपमा समाधान गर्नका लागि क्षतिपूर्तिको व्यवस्था गरियोस् ।'

किसानका लागि अनुदानको व्यवस्था गर्न पनि सांसद बर्तौलाले माग गरेका छन् ।

प्रकाशित : असार ३, २०८० १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?