कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निरन्तर घाटामा गएका र कार्यसम्पादन कमजोर रहेका संस्थानमा रणनीतिक साझेदार ल्याइने

काठमाडौँ — सरकारले निरन्तर घाटामा रहेका र कार्यसम्पादन कमजोर रहेका संस्थानको व्यवस्थापन सुधारका लागि रणनीतिक साझेदार भित्र्याउने भएको छ । 

निरन्तर घाटामा गएका र कार्यसम्पादन कमजोर रहेका संस्थानमा रणनीतिक साझेदार ल्याइने

आर्थिक वर्ष २०८०/८१ को बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले संस्थानहरूको सुधारको योजना ल्याएको बताए ।

'निरन्तर घाटामा गएका र कार्यसम्पादन कमजोर रहेका संस्थानमा रणनीतिक साझेदार भित्र्याइ व्यवस्थापन सुधार प्रक्रिया सुधार गरिनेछ,' उनले भने, 'सार्वजनिक संस्थानमा संचालक तथा प्रमुख कार्यकारी नियुक्ति गर्दा पारदर्शी प्रक्रिया अपनाइ योग्य व्यक्ति नियुक्त गरिनेछ । संस्थानको संचालक तथा कर्मचारीको सेवा सुविधामा एकरुपता कायम गरी व्यवस्थित र पारदर्शी मापदण्ड बनाइनेछ ।'

सरकारले सार्वजनिक संस्थानलाई कम्पनी ढाँचामा अगाडि बढाउने नीति लिने पनि अर्थमन्त्री महतले बताए । उनले संस्थानको संचालन र व्यवस्थापनमा एकरुपता ल्याइ व्यवसायिक रूपमा परिणाममुखी बनाउने योजना अगाडि सार्ने बताए ।

प्रकाशित : जेष्ठ १५, २०८० १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?