२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

दलित अधिकारका क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी काम गर्छु : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले दलित अधिकारको क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने दोहोर्‍याएका छन् । नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले आफूले दलित अधिकारको क्षेत्रमा एक कदम अघि बढेर काम गर्न चाहेको बताए ।

दलित अधिकारका क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी काम गर्छु : प्रधानमन्त्री दाहाल

‘हामीले दस वर्षे द्वन्द्वका क्रममा दलित अधिकारका मुद्धाहरूलाई उठायौँ, मैले दलितहरूका समस्यालाई नजिकबाट बुझेको छु,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या सबैभन्दा धेरै दलितहरूलाई नै छ । भूमि व्यवस्थापनको समस्या पनि दलितहरूकै हो । म यी सबै समस्या समाधानका लागि सकारात्मक छु । यो सरकारले दलित अधिकारको क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी काम गर्छ ।’

उनले संविधानले उत्पीडित वर्ग समुदायको अधिकारलाई विभिन्न ढंगबाट सम्बोधन गरेको, तर त्यसलाई पूर्ण कार्यान्वयनमा लैजानुपर्ने चुनौती रहेको बताए ।

प्रधानमन्त्री दाहालले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

प्रकाशित : वैशाख २३, २०८० १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x