दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्छु : खेलकुदमन्त्री लिम्बू

काठमाडौँ — नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडी र पदाधिकारीहरुले खेल क्षेत्रमा महसुस गरेका अभावलाई समाधान गर्नेगरी काम गर्ने बताएका छन् ।

दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्छु : खेलकुदमन्त्री लिम्बू

बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री लिम्बूले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्नेकुरामा आफ्नो प्राथमिकता रहने बताए । उनले आम नागरिकहरूले देख्नेगरी काम गर्ने बताए ।

हरेक कुरालाई सकारात्मक ढंगबाट लिन पनि उनको आग्रह छ । मन्त्रालयमा रहेर आफू दिनको १८ घण्टा काम गर्ने उनले प्रतिबद्धता जनाए ।

‘समग्र खेल जीवन र यसको भौतिक तथा पूर्वाधार विकास गर्नेकुरामा अहिलेसम्म अभाव छ, खेलाडी साथीहरुले, पदाधिकारीले जे अभाव महसुस गर्नुभएको छ, त्यसलाई मध्यनजर गरेर काम गर्ने प्रयास गर्नेछु । सकेसम्म देखिने र धेरै मानिसको चित्त बुझ्नेगरी काम गर्नेछु । केही समय अध्ययन गर्न समय लाग्छ, काममा विश्वास गर्ने मानिस हो म । हरेक कुरालाई सकारात्मक ढंगबाट लिनुपर्छ, नेपालीले गर्न सक्छन् भन्नेकुरा खेलाडी साथीहरुले देखाइरहनुभएको छ । म १८ घण्टाको समय दिएर काम गर्नेछु,’ उनले भने ।

खेलकुदमन्त्री लिम्बूले बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए ।

प्रकाशित : वैशाख २१, २०८० १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?