समितिहरूले पूर्णता नपाउँदा संसद्को भूमिका प्रभावकारी भएन : सभामुख घिमिरे

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलहरूले संसद्का समितिहरुलाई पूर्णता दिन ढिलाइ हुँदा संसद्प्रति सरकार जिम्मेवार नभएको बताएका छन् । बुधबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संसद्लाई प्रभावकारी बनाउन कमजोर उपस्थितिलाई सुधार्नुपर्ने र संसद्मा उठेका विषयहरूमा मन्त्रीहरुलाई जवाफदेही बनाउनुपर्ने बताए ।

समितिहरूले पूर्णता नपाउँदा संसद्को भूमिका प्रभावकारी भएन : सभामुख घिमिरे

उनले त्यसका लागि आफ्नो तर्फबाट पूर्ण प्रयास भइरहेको समेत दाबी गरे । 'तपाईंहरुले संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम दिनुभयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ । भोलिसम्ममा नाम दिनुहोला । आज नाम दिनुभएको भए आजै घोषणा गर्न सकिन्थ्यो । तर, सबैको नाम प्राप्त हुन सकेको छैन,' सभामुख घिमिरले भने, 'संसदलाई प्रभावकारी बनाउन कमजोर उपस्थितिलाई सुधार्नैपर्छ । संसदमा उठेका कुराहरुमा मन्त्रीहरुलाई जवाफ दिन समन्वय गरिरहेका छौं ।'

उनले प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक महत्त्वका विषयमा बोल्ने कार्यक्रम रहेको बताए ।

प्रकाशित : वैशाख १३, २०८० १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?