कांग्रेस बैठक

पूर्वमन्त्री जोशी र कोइरालासहितका नेताको कारबाही फुकुवा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशी, विकास कोइरालालगायत नेताको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार सानेपामा बसेको बैठकमा २०७९ भन्दा पहिले स्वतन्त्र उम्मेदवारी दिएर पार्टी अनुशासन उल्लंघन गरेका बारा, तनहुँ र चितवन नेताहरुको पुरानै सदस्यता निरन्तरता हुने गरी कारबाही फुकुवा गर्ने निर्णय भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । उनका अनुसार कारबाही फुकुवा गरेका नेताहरुले उपनिर्वाचनमा खेल्ने भूमिकालाई हेरेर आगामी दिनमा निर्णय गर्ने र अनुशासन समितिलाई सक्रिय पार्ने निर्णय भएको छ ।

तनहुँका पूर्वमन्त्री जोशी गत निर्वाचनमा रामचन्द्र पौडेलविरुद्व बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका थिए । मंसिर ४ गतेको निर्वाचनमा तनहुँ-१ मा स्वतन्त्र उम्मेदवार बनेका थिए ।

चितवनका कोइराला पूर्वजिल्ला सभापति हुन् । २०७० सालको संविधानसभा निर्वाचनमा पार्टीका तत्कालीन केन्द्रीय सभापति सुशील कोइरालाविरूद्ध तत्कालीन चितवन-४ बाट स्वतन्त्र उम्मेदवार उठेपछि विकास कोइराला कारबाहीमा परेका हुन् ।

यस्तै कांग्रेसले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । बैठकमा जसपाको उम्मेदवारलाई सघाउने सभापति शेरबहादुर देउवाले राखेको प्रस्ताव पारित भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

प्रकाशित : चैत्र १९, २०७९ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहलमा पानी चुहियो

सन्जु पौडेल

तिलोत्तमा — लुम्बिनीस्थित बौद्ध अन्तर्राष्ट्रिय सभाहलमा पानी चुहिएको छ । शुक्रबार परेको पानी सभाहलको छानोबाट चुहिएको हो ।

लुम्बिनी विकास कोषले निर्माण कम्पनी लुम्बिनी/अर्घाखाँची/ बाबुल जेभीलाई छानोबाट पानी चुहिएको देखिएको भन्दै तत्काल भरपर्दो मर्मत गरी प्राविधिक रुपमा पानी नचुहिने प्रत्याभूति गराउने गरी मर्मत गर्न निर्देशन दिएको छ ।


साथै लुम्बिनी विकास कोषले मर्मत कार्य सम्पन्न नहुन्जेलसम्म अन्तिम बिल भुक्तानी रोका गरिने जनाएको छ ।

प्रकाशित : चैत्र १९, २०७९ १२:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×