नैकापको पार्वती/लक्ष्मी प्रस्तर मूर्ति न्यूयोर्कमा फेला

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् ८० दशक सुरुआतमा विष्णुदेवी मन्दिर (नैकाप)बाट चोरिएको सातौं शताब्दीको पार्वती/लक्ष्मी प्रस्तर मूर्ति अमेरिकाको न्यूयोर्कस्थित एक निजी संग्रहकर्ताको संकलनमा भेटिएको छ ।

न्यूयोर्कस्थित प्रसिद्ध कला संग्रहकर्ता रोबर्ट हटफिल्ड एल्सवर्थको संकलनमा पाइएको नेपाली सम्पदाको टाउको र दुवै हात भने चुँडिएको अवस्थामा देख्न सकिन्छ ।

नेपाली कला–सम्पदाको खोजी तथा घरफिर्ती अभियानमा संलग्न ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, यो मूर्ति चोरीकै क्रममा टुटफुट भएको र यसको खुट्टाको अंश भने मन्दिरमै रहेको छ । तर, मूर्तिको टाउको कहाँ छ भन्ने अझै थाहा हुन सकेको छैन ।


प्रकाशित : चैत्र १८, २०७९ २२:४३
प्रतिक्रिया
पठाउनुहोस्

चर्च ब्वाइज जीतपुरसिमरा गोल्डकप च्याम्पियन 

लक्ष्मी साह

बारा — जीतपुरसिमरा १३ ओैं गोल्डकपअन्तर्गत सिमरा रंगशालामा शनिबार भएको फाइनल खेलमा चर्च ब्याइज युनाइटेड च्याम्पियन भएको छ । उसले हिमालयन शेर्पालाई २-० ले पराजित गरेको हो ।

विजेताले १० लाख नगद र ट्रफी हात पारेको छ । उपाधि होडमा दुवै टिमले रोमाञ्चक खेलेको थियो । उपविजेता हिमालयन शेर्पाले ५ लाख नगद पुरस्कार प्राप्त गर्‍यो ।

विजेता र उपविजेतालाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र उपराष्ट्रपति रामसहायप्रसाद यादवले हस्तान्तरण गरेका छन् । फ्लड लाइटमा भएको प्रतियोगिता गत चैत ९ देखि सुरु भएको थियो ।

प्रकाशित : चैत्र १८, २०७९ २२:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×