कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय एकता प्रवर्द्धन गर्न लाग्‍नेछु : नवनिर्वाचित उपराष्ट्रपति यादव

काठमाडौँ — नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न आफू लाग्ने बताएका छन् । साथै शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षमा पुर्‍याउन आफ्नो भूमिका रहने बताए ।

राष्ट्रिय एकता प्रवर्द्धन गर्न लाग्‍नेछु : नवनिर्वाचित उपराष्ट्रपति यादव

शुक्रबार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने बताए ।

शान्ति प्रक्रियाका कामहरु निस्कर्षमा पुर्‍याउन बाँकी रहेको भन्दै त्यसलाई निस्कर्षमा पुर्‍याउनका लागि आफ्नो तर्फबाट प्रयास हुने पनि उनको प्रतिबद्धता थियो ।

‘राष्ट्रिय एकतालाई मजबुत गर्न, प्रवर्द्धन गर्न मेरो इमान्दारिताकासाथ भूमिका रहनेछ । मुलुक समृद्ध रुपमा अघि बढोस् । शान्ति प्रक्रियाका कामहरु निस्कर्षमा पुर्‍याउन बाँकी छ, त्यसलाई निस्कर्षमा पुर्‍याउनका लागि पनि मेरो तर्फबाट प्रयास हुनेछ । हाम्रो क्षेत्रका जनताकै मतका कारण म यहाँसम्म आइपुगेको हुँ । उहाँहरुसहित देशका सबै जनतालाई हार्दिक धन्यावाद र आभार व्यक्त गर्छु ।’

नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउन भूमिका खेल्ने जनता र सांसदहरुप्रति धन्यवाद प्रकट गरेका थिए ।

प्रकाशित : चैत्र ३, २०७९ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?