कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

इन्जिनमा 'फायर वार्निङ' देखिएपछि श्रीको जहाज काठमाडौंमै फर्कियो

कान्तिपुर संवाददाता

काठमाडौँ — ७८ जना यात्रु राखेर भैरहवाका लागि उडेको श्री एयरलायन्सको ९एन–एएनआर विमानमा फायर वार्निङ (आगोको संकेत)देखिएपछि काठमाडौंमै फर्किएको छ ।

इन्जिनमा 'फायर वार्निङ' देखिएपछि श्रीको जहाज काठमाडौंमै फर्कियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार, बिहान ९ बजेर ३८ मिनेटमा उडेको विमानको दायाँ इन्जिनमा आगो लागेको संकेत देखाएपछि चालकदलले उक्त विमानलाई ९ बजेर ५५ मिनेटमा काठमाडौं अवतरण गराएका थिए ।


एयरलायन्सका प्रवक्ता अनिल मानन्धरले उक्त विमानका यात्रुलाई अर्को विमानबाट भैरहवा पठाइने बताए । जहाजलाई अहिले श्रीका प्राविधिकहरुले जाँच गरिरहेका छन् ।

प्रकाशित : फाल्गुन २५, २०७९ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?