२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९४

राप्रपाको आगामी कार्यक्रमको खाका बनाउन समिति गठन

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को रणनीति, कार्यनीति र कार्यक्रमको खाका बनाउन वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा समिति गठन गरिएको छ ।  

राप्रपाको आगामी कार्यक्रमको खाका बनाउन समिति गठन

केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय निर्देशन समिति बैठकले दुई महिनाभित्र पार्टीको रणनीति, कार्यनीति र कार्यक्रम खाका बनाई पेस गर्ने गरी तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यस्तै आन्तरिक विवाद तथा निष्क्रिय रहेका जिल्लाहरुको समस्या समाधानबारे छानबिन गरी १५ दिनभित्र सुझाव पेस गर्नेगरी केन्द्रीय सल्लाहकार समिति अध्यक्ष निरन्जन थापालाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

प्रकाशित : फाल्गुन १८, २०७९ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?