कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री दाहालसँग डा. रुइतको भेट

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालसँग तिलगंगा आँखा केन्द्रका निर्देशक डा. सन्दूक रुइतले शनिबार भेटवार्ता गरेका छन् । बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले तिलगंगा आँखा केन्द्रलाई मानित विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री दाहालसँग डा. रुइतको भेट

'मानित विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक छ,' डा. रुइतको चासोको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भने, 'यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ।'

प्रधानमन्त्री दाहालले मानवीय सेवाका लागि डा. रुइतलाई बहराइन सरकारले ‘इसा अवार्ड’दिने घोषणा गरेकोमा बधाई दिँदै यो सम्मानले नेपालको शीर उँचो राखेको बताए । 'यो अवार्डले देशकै सम्मान बढाएको छ । नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन् भन्ने सन्देश दिएको छ,' उनले भने, 'मानवीय सेवाका लागि तपाईंको योगदानको कदर देशकै कदर हो ।'

प्रधानमन्त्री दाहालले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक अन्य सबै सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

डा. रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको भन्दै मोतिया बिन्दुको उपचारका लागिसमेत नेपालमै औषधि उत्पादन गर्न सकिने सम्भावनाबारे चर्चा गरेका थिए ।

प्रकाशित : माघ ७, २०७९ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?