कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ

काठमाडौँ — प्रहरीले लागूऔषध खैरो हेराइनसहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका–६ बस्ने विजय गुप्ता र कैलाली लम्कीचुहा नगरपालिका–१ का टंक बहादुर शाही छन् ।

गुप्ता कंलकीस्थित प्लाजा गल्लीबाट खैरो हेरोइन २९ ग्राम ३ सय ८० मिलिग्रामसहित र शाही नागार्जुन नगरपालिका–२ सानो भर्‍याङबाट १३ ग्राम २ सय ४० मिलिग्रामसहित पक्राउ परेका हुन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोली सोमबार पक्राउ उनीहरुलाई मंगलबार सार्वजनिक गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ५, २०८१ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×