फेन्सी पसलमा आगलागी

हरिहरसिंह राठौर

धादिङ — धादिङबेसीस्थित शान्तबजारमा रहेको फेन्सी पसलमा आगलागी हुँदा ५ लाख बराबरको धनमालमा क्षति पुगेको छ । 

शान्तबजार फिल्म हल अगाडिको श्यामराय यादवको फेन्सी पसलमा शनिबार अपरान्ह आगलागी भएको हो । स्थानीयवासी, प्रहरी र दमकलको सहयोगले आगो निभाइएको थियो । विद्युत् हाइभोल्टेज आउँदा पसलमा रहेको इन्भर्टर सर्ट भई आगलागी हुन पुगेको पसल सञ्चालक रायले बताए ।

प्रकाशित : पुस ८, २०७४ १८:११
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

फुङलिङ नगरपालिकाका मेयर पार्टीबाट निष्कासित

आनन्द गौतम

ताप्लेजुङ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै नेकपा एमालेले फुङलिङ नगरपालिकाका मेयर छत्रपती प्याकुरेललाई पार्टीबाट निष्कासन गरेको छ । निर्वाचनपछि शनिबार बसेको जिल्ला कमिटीको पहिलो बैठकले प्याकुरेललाई निष्कासन र दुई जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

पूर्वसांसद भूपेन्द्र थेवे र पत्नी उर्मिला थेवेलाई भने स्पष्टिकरण सोध्ने निर्णय भएको एक पदाधिकारीले बताए । तीनैजना जिल्ला कमिटी सदस्य हुन् । बैठकमा उनीहरुको उपस्थिति नरहेको एक सदस्यले बताए । थेवेद्वय काठमाडौंमा छनन् ।
प्रतिनिधिसभामा एमाले उम्मेदवार योगेश भट्टराईले निकतम प्रतिष्पर्धी कांग्रेसका केशवप्रसाद दाहाललाई १२ हजार ५ सय ९१ मतान्तरले पराजित गरेका थिए । भट्टराईले २९ हजार ४ सय ७९ र दाहालले १६ हजार ८ सय ८८ मत पाएका थिए ।

प्रकाशित : पुस ८, २०७४ १७:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×