१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

मालपोतमा तनाव

कान्तिपुर संवाददाता

बाँके — एउटा लिखत पास हुन एक साता लाग्ने गरी ढिला भएपछि सेवाग्राही र लेखापढी व्यवसायीबीचको विवादले मालपोत कार्यालयमा बुधबार तनाव भएको छ।

अनलाइन सेवाका नाममा सानातिना कामका लागि दैनिक दौडधुप गर्न बाध्य भएपछि सेवाग्राहीहरूले मालपोतका कर्मचारीसँग विवाद गरेका हुन्। विवादले कार्यालयको काम प्रभावित भएको छ। काम चाँडो हुने भन्दै केही दिनदेखि अनलाइन सेवा सुरु गरिएको छ। यसबाट कार्यसम्पादनमा ढिलो भएको भन्दै सेवाग्राही आक्रोशित बनेका हुन्। सातादेखि काम नभएको भन्दै उनीहरूले कार्यालय प्रमुख कक्षमै गएर आक्रोश व्यक्त गरेका थिए। उनीहरूले कर्मचारी थपेर भए पनि अनलाइन सेवा प्रभावकारी बनाउन सुझाव दिए।

यसअघि दृष्टिबन्धक, कित्ताकाट गर्नुबाहेकका राजीनामा कागज मुस्किलले २ घण्टामा पास हुँदै आएका थिए। अनलाइन सेवाका लागि जनशक्ति नहुँदा सेवाग्राहीले सास्ती खेप्दै आएका छन्। कित्ताकाट गर्नुपर्ने जग्गा पास गराउन ८/१० दिन लाग्ने गरेको लेखापढी व्यवसायीहरूको गुनासो छ। जग्गा बिक्री गर्ने र किन्नेको तीनपुस्ते तथा खरिदबिक्री हुने जग्गाको पूर्ण विवरण अनलाइमा राख्दा ढिला भएको कार्यालय प्रमुख ऋषिराम केसीले बताए।

प्रकाशित : श्रावण १२, २०७४ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?