कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चट्याङ लागेर बाबुछोरीको मृत्यु

गिरुप्रसाद भण्डारी

प्यूठान — चट्याङ लागेर बाबुछोरीको मृत्यु भएको छ । मंगलबार बिहान सरुमारानी गाउँपालिका–२ गहनाखोलामा चटयाङ पर्दा स्थानीय ५५ वर्षीय हरिभक्त सुनार र १२ वर्षीय छोरी सरिताको ज्यान गएको हो ।

घरमै रहेको अवस्थमा एक्कासी चट्याङ परेर घटनास्थलमै दुबैको मृत्यु भएको प्रहरी चौकी दरभानका प्रहरी नायव निरिक्षक जीवन बिक्रम शाहले बताए ।

उनीहरुको शव पोष्टमाटको दाङ लमहिको अस्पताल नजीक पर्ने भएको पठाउने तयारी भएको जिल्ला प्रहरी प्रमुख डिएसपी सञ्जीतसिंह राठौरले बताए ।

प्रकाशित : जेष्ठ १६, २०७४ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?