कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुवीभ्याली घुम्न आएका ताईवानी जोडी बेपत्ता

हराएको एक महिना बितिसक्दा पनि पत्तो लागेन
हरिहरसिंह राठौर

सोमदाङ (धादिङ) — जिल्लाको उत्तरी रुवीभ्याली घुम्न आएका ताईवानी जोडी बेपत्ता छन् । एक महिना अघि बेपत्ता भएका हुन् । अहिलेसम्म फेला परेका छैनन् । गत महिनाको २६ गतेदेखि ताईवानका १९ वर्षीया लिउ चेन चुन र लियाङ शेङ यु हराइरहेका छन् । काठमाडौंस्थित एसियन ट्रेकिङ प्रालिमार्फत सदरमुकाम हुदैं फागुन २५ गते आएका थिए ।

रुवीभ्याली घुम्न आएका ताईवानी जोडी बेपत्ता

जिल्लाको उत्तरी रुवीभ्याली घुम्न आएका ताईवानी जोडी बेपत्ता छन् । एक महिना अघि बेपत्ता भएका हुन् । अहिलेसम्म फेला परेका छैनन् ।

गत महिनाको २६ गतेदेखि ताईवानका १९ वर्षीया लिउ चेन चुन र लियाङ शेङ यु हराइरहेका छन् । काठमाडौंस्थित एसियन ट्रेकिङ प्रालिमार्फत सदरमुकाम हुदैं फागुन २५ गते आएका थिए । ३ दिन तिप्लिङको लवदुङस्थित होमस्टेमा वास वसेका थिए । २६ गते देखि उत्तरी भेगमा भारी हिमपात भएको थियो । ‘लेकमा लगातार हिमपात भएकै दिन नजाउ भन्दा भन्दै हिडेका थिए । आफुहरु संग नक्सा र जिपिएस उपकरण भएको भन्दै युवा जोडी ३ हजार ९ सय मिटर उचाईको पाङसाङ काटेर सोमदाङ हुदैं लामटाङ उकालिएका थिए । त्यो जोडीलाई ३ दिन आफ्नै घरमा राखेका तिप्लिङ लवदुङका जोमसाई घलेले भने ।

आफ्नै घरमा वसेका जोडी हराएको २ सातापछि मात्रै पत्तो पाएको वताउदैं उनले ढिलो भए पनि सवै गाउंले मिलेर खोजतलास गर्दा पनि नभेटिएको बताए । वेपत्ता जोडी खोज्न ताईवानवाट युवतीकी आमा र युवकका बाबु पनि नेपाल आए । हेलिकप्टर चार्टर गरेर दिनभर खोजी गरे । युवतीकी आमा छोरीको ‘सास वा लाश’ देउ भन्दै काठमाडौंमै बसिरहेकी छन् । ट्रेकिङ एजेन्सीका ४ जना दक्ष गाईडहरु पनि संभावित स्थलमार्गमा खोज्न खटिएका छन् ।

‘पाङसाङ नजिकैको मेरगाङमा टेन्ट हालेर वसेको, टेन्ट नजिकै सुख्खा नढलेको रुखमा आगो लगाएर तापेको र टुप्पो सम्म आगो सल्केर रुख ढल्ने अवस्थामा पुगे पछि टेन्ट अन्तै सारेको जस्तो पनि छ, तर त्यसपछि कता गए अन्यौलमा पर्‍यौं,’ १० दिन देखि त्यस क्षेत्रमा खोजी गरेर फर्केका गाईड शुक्रवहादुर आले मगरले भने ।

उनका अनुसार त्यो क्षेत्र दुर्घटना हुने जस्तो छैन् । सिंगलापास, नारचेत लगायत दर्जनौं चौरी गोठहरुमा खोज्दा पनि फेला नपरेको बताए । ट्रेकिङ एजेन्सीले तस्बिर राखेर सार्वजनिक गर्दै भरपर्दो सूचना दिने व्यक्तिलाई २ लाख नगद पुरस्कार दिईने जनाएको छ ।

प्रकाशित : चैत्र २६, २०७३ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?