कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

होटल बाराही काठमाडौंको इन्फिनिटी स्विमिङ पुलमा 'विकेन्ड अफर'

काठमाडौँ — बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलस्थित होटल बाराही काठमाडौंको इन्फिनिटी स्विमिङ पुलमा 'विकेन्ड ब्रञ्च' अफर सुरु भएको छ । होटलको सातौं तलामा रहेको इन्फिनिटी स्विमिङ पुलमा शनिबार ग्राहकले छुट पाउनेछन् ।

होटल बाराही काठमाडौंको इन्फिनिटी स्विमिङ पुलमा 'विकेन्ड अफर'

ग्राहकले करसहित २ हजार ५ सय रुपैयाँमै स्विमिङ पुल र बफेट ब्रन्चको मज्जा लिन सक्ने होटलका महाप्रबन्धक रोशन सापकोटाले बताए । साथै ग्राहकले सोही प्याकेजमा पूल, बार, स्न्याक्स तथा रेस्टुरेन्ट समेतको मज्जा लिन सक्नेछन् ।

यस प्याकेजका लागि ग्राहकले प्रि बुकिङ अर्थात जानु भन्दा अगाडि नै बुकिङ गर्नुपर्ने सापकोटाले जनाए । होटलमा स्विमिङ पुलमा मज्जा लिँदै अगाडिको नारायणहिटी दरबारको दृश्यावलोकन गर्न पाइने भएकाले पनि आकर्षण बढेको छ ।

स्विमिङ पुलमा बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सर्वसाधारणका लागि अफरसहित स्विमिङ पुल खुला गरिएको हो । स्विमिङ पुल रहेको सातौं तलामा रेस्टुरेन्ट समेत रहेको छ । पुलसाइडको टेबलमा बसेर खाना तथा पेयको मज्जा लिन सकिनेछ ।

केशरमहलको अगाडि चोकैमा रहेको यस होटलबाट काठमाडौं उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । वीर शमसेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैंचा र नारायणहिटी दरबार होटलको आँगनमै भएको अनुभुति हुन्छ ।

त्यस्तै घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भू तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिम शृखंला देख्न सकिनेछ ।

प्रकाशित : जेष्ठ २९, २०८१ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×