कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

राष्ट्रिय वाणिज्य बैंकद्धारा एम्बुलेन्स र शव वाहन हस्तान्तरण

काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन प्रदान गरेको छ । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्ऽरमण खनालले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुावरलाई उक्त एम्बुलेन्स र शव वाहनको चावी हस्तान्तरण गरेका हुन् ।

राष्ट्रिय वाणिज्य बैंकद्धारा एम्बुलेन्स र शव वाहन हस्तान्तरण


प्रहरी महानिरीक्षक कुावरले राष्ट्रिय वाणिज्य बैंकप्रति आभार व्यक्त गर्दै नागरिक सेवामा समर्पित नेपाल प्रहरीलाई यस सहयोगले थप सहजता पुग्ने बताए । घटना र दुर्घटनामा तत्काल उद्दार गरी अस्पतालसम्म पुर्‍याउन सवारी साधन निकै उपयोगी हुने उनको भनाइ थियो ।

बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्ऽ रमन खनालले विगतमा बैंक र नेपाल प्रहरीबीच भएका समन्वय, सहकार्य तथा सम्झौताको चर्चा गर्दै आगामी दिनमा समेत सहयोग र आपसी समन्वय निरन्तर रहिरहने बताए । बैंक र नेपाल प्रहरीबीचको सम्बन्ध थप सुमधुर र बलियो हुने उनको विश्वास थियो ।


प्रकाशित : जेष्ठ २७, २०८१ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×