कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कृषिको विकास र खाद्य सुरक्षाका लागि इजरेल र नेपाल चेम्बरबीच सहकार्य 

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्स र इजरेल एसिया चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यापारिक सहकार्यको सम्झौता भएको छ । व्यापारिक सूचना तथा अनुभव आदान प्रदान, व्यवसायिक प्रतिनिधीबीच कृषि विकास प्रर्वद्धन लगायत १० विषयमा सहकार्यको सम्झौता भएको हो । 

कृषिको विकास र खाद्य सुरक्षाका लागि इजरेल र नेपाल चेम्बरबीच सहकार्य 

सम्झौतापत्रमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र इजरेल एसिया चेम्बर अफ कमर्सका अध्यक्ष अनत बर्सन्टेन रेचले हस्ताक्षर गरेका हुन् ।नेपाल–इजरेल चेम्बरबीच भएको सम्झौता अनुसार आफ्ना सदस्यहरुको हित अनुकुल हुने गरी व्यापार तथा लगानी सम्वन्धी कानुन र नियमहरुको जानकारी उपलब्ध गराउने उल्लेख छ । मैत्रीपुर्ण सम्बन्ध विस्तार एवं व्यापार सहजीकरणका लागि मध्यस्थता गर्ने सम्वन्धमा समेत सहकार्यको सम्झौता भएको छ ।

'नेपाल चेम्बर र इजरेल चेम्बरबीच व्यापार एवं प्रर्दशनी, सूचना प्रविधिमा सहकार्य एवं व्यापर विस्तारका लागि सहकार्य गर्ने,’ चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, 'कृषिको विकास प्रर्वद्धन पारस्परिक हितलाई मान्यता दिएर खाद्य सुरक्षामा सहकार्य गरिनेछ ।’

नेपाल र इजरेलका उद्योग एवं वाणिज्य क्षेत्रका प्रतिनिधीले एक अर्कोका देशमा गर्ने व्यवसायिक भ्रमण, लगानी अभिवृद्धि गर्ने विषयमा पनि सहमति भएको छ । वैदेशिक व्यापार र औद्योगिक उत्पादन क्षेत्रमा भएका अध्ययन अनुसन्धानको आदानप्रदान गर्न दुवै देशका चेम्बरबीच सहमति भएको हो ।

प्रकाशित : जेष्ठ १४, २०८१ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?