कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नयाँ बानेश्वरमा टीभीएसको नयाँ सोरुम

काठमाडौँ — सान्भी अटो लिंकले काठमाडौंको नयाँ बानेश्वरमा नयाँ टीभीएस सोरुम उद्घाटन गरेको छ । बिहीबार गरिएको कार्यक्रममा हास्य कलाकार सन्दीप क्षेत्री र भक्तपुर–२ का सांसद दुर्लभ थापाले सोरुमको उद्घाटन गरे । 

नयाँ बानेश्वरमा टीभीएसको नयाँ सोरुम

व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवर्द्धन गर्दै टीभीएसका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवा उपलब्ध गराउने सान्भी अटो लिंकका सञ्चालक श्रीकृष्ण थापाले जनाए ।

उपभोक्तालाई मोटरसाइकल तथा स्कुटरको आवश्यकता पूरा गराउने लक्ष्यसाथ सञ्चालितसान्भी अटो लिंकको नयाँ सोरुमले टीभीएस बाइक तथा स्कुटरका अतिरिक्त स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भारलगायत सेवा प्रदान गर्ने उनको भनाइ छ । नेपालमा टीभीएसका दुईपांग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स हो ।

प्रकाशित : जेष्ठ ११, २०८१ ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?