दार्चुलामा भारतको उच्च प्रभाव सामुदायिक विकास परियोजना
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको २ करोड ७३ लाख रुपैयाँमा दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण सुरु भएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![दार्चुलामा भारतको उच्च प्रभाव सामुदायिक विकास परियोजना](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/galainath-2042024040637-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्तकुमार सोनाले संयुक्तरूपमा विद्यालय भवनको शिलान्यास गरे । भारत सरकारको उक्त रकम विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुईतले विद्यालय भवन, शौचालय, कार्यालय भवनको निर्माण र फर्निचरमा खर्च गरिनेछ ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत ‘उच्च प्रभाव सामुदायिक विकास’ परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा अघि बढाइने बताइएको छ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ भने ४८९ वटा परियोजना सम्पन्न गरिसकेको जनाएको छ । यीमध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना छन्, जसमा १० वटा परियोजना दार्चुलामा छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)