कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

डिस मिडियाको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर 

काठमाडौँ — डिस मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन् । वैशाख ३ बाट उनले कार्यभार सम्हालेका हुन् । २५ वर्षभन्दा बढी समयदेखि उनी बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिकामा थिए ।

डिस मिडियाको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर 

यसअघि उनले मसरेक बैंक, प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायतमा उच्च व्यवस्थापकीय जिम्मेवारी निर्वाह गरिसकेका छन् । विगत १३ वर्षदेखि डिस मिडिया नेटवर्क लिमिटेडले पे टीभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल रहेको छ ।

डिसहोमले ग्राहकलाई उत्कृष्ट विभिन्न च्यानलसँगै गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएकामा कम्पनीले तीन वर्षअघि मात्रै नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइबर इन्टरनेट वितरण गर्नका लागि अनुमति प्राप्त गरी हाल नेपालको दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक संस्था बन्न पनि सफल भइसकेको छ ।

हाल कम्पनीले आफ्नो पूर्वाधार विस्तारका लागि प्राइभेट इक्विटी फन्डबाट थप लगानी जुटाइसकेको र आगामी केही महिनामा नै कम्पनीले आईपीओ निष्कासनको अन्तिम तयारीसमेत गरिरहेको छ ।

प्रकाशित : वैशाख ५, २०८१ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?