ग्लोबल आईएमई बैंक र आईएमई ट्राभल्सबीच सहकार्य
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — ग्लोबल आईएमई बैंकले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डवाहक ग्राहकहरूलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![ग्लोबल आईएमई बैंक र आईएमई ट्राभल्सबीच सहकार्य](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/tour-package-revised-1-1642024012821-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
आईएमई ट्राभल्ससँगको सहकार्यमा बैंकले अन्नपूर्ण बेसक्याम्प, मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्यान्ड, बाली, दुबई भ्रमणका लागि सहुलियत मूल्यको योजना ल्याएको हो ।
बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम ३ हजार २ सय १० रुपैयाँ र विदेश भ्रमणका लागि ६ हजार रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको हो । बैंकका क्रेडिट कार्डवाहकले आईएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । यो योजनामा आबद्ध भई क्रेडिट कार्ड लिन चाहने ग्राहकलाई बैंकले कार्ड जारी शुल्कमा समेत ५० प्रतिशत छुट दिने जनाएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)