१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्दै शिवम्

काठमाडौँ — शिवम् सिमेन्टले दैनिक तीन हजार टन ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ । सन् २००३ मा मध्य नेपालको हेटौंडा, मकवानपुरमा स्थापना भएको शिवम् सिमेन्ट उद्योगले सिमेन्ट उत्पादनका लागि स्थानीय उच्च गुणस्तरीय चुनढुंगाको प्रयोग गर्दै आएको छ । 

दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्दै शिवम्

नेपाली सिमेन्ट जगतमै १३.३१ करोड बोरा ओपीसी सिमेन्ट बिक्री गर्न सफल भएको कम्पनीको दाबी छ । अत्याधुनिक प्रविधि र दशकौंको अनुभवका साथ आफ्नै खानीको चुन ढुंगाबाट निर्मित उच्च गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्दै आफ्ना ग्राहक उपभोक्ताको विश्वास र भरोसा जित्दै आएको कम्पनीले जनाएको छ ।

शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । शिवम् सिमेन् एनएस क्वालिटि अवार्ड–२०१९ प्रथमबाट सम्मानित भएको छ । नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आइएसआई यूआरएस प्रमाणित आइएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।

प्रकाशित : वैशाख ३, २०८१ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?