कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा विशेष क्यासब्याक 

काठमाडौँ — ग्लोबल आइएमई बैंकले बैंकिङ प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउादा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने घोषणा गरेको छ । ‘पैसा आउने, थपेर पाउने’ नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा ५०० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ ।  

ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा विशेष क्यासब्याक 

योजनाअन्तर्गत रेमिट्यान्स पठाउने व्यक्तिले २५ हजारदेखि ५० हजार रुपैयाँसम्म पैसा पठाउँदा एक सय रुपैयाँ, ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म पैसा पठाउँदा २५० रुपैयाँ र १ लाख रुपैयाँभन्दा बढी पैसा पठाउँदा ५ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । यो योजना आगामी जुन १० सम्म चल्ने छ । ग्लोबल आइएमई बैकमा भएको कुनै पनि खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा ५०० रुपैयाँ सम्म थप गरिदिनेछ ।

प्रकाशित : वैशाख २, २०८१ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×