कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा बस्नेत

अनिश तिवारी

सिन्धुपाल्चोक — सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११ औँ अधिवेशनबाट अध्यक्ष पदमा व्यवसायी बुद्धराज बस्नेत चुनिएका छन् । आइतबार वाणिज्य संघको चुनावी प्रतिस्पर्धामा ९ सय ४ मत ल्याएर बस्नेत निर्वाचित भएका हुन् ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा बस्नेत

आइतबार भएको निर्वाचनमा उनले प्रतिद्वन्द्वी व्यवसायी सुमन खत्रीलाई पराजित गरे । खत्रीले ६ सय ८४ र शम्भु तिमल्सिनाले दुई सय ९७ मत ल्याए । स‌ंघको वरिष्ठ उपाध्यक्षमा युवा व्यवसायीहरु उमेश प्रधानले ८ सय ११ मत ल्याएर बिजयी भए ।

उनका निकटतम प्रतिस्पर्धी व्यवसायी सूर्यबहादुर कार्कीले ६ सय ९३ र विदुर पराजुलीले ३ सय ४६ मत ल्याए । द्वितीय उपाध्यक्षमा इन्द्रबहादुर राउतले एक हजार ५२ मत ल्याएर जितिरहँदा प्रतिस्पर्धी राजेश श्रेष्ठले ७ सय ९७ मत ल्याए । क्रमशः सदस्यमा उमेश श्रेष्ठ, अशोककुमार श्रेष्ठ, गणेश नेपाल,अम्बरबहादुर श्रेष्ठ, राजकुमार बस्नेत, सुरज तिमल्सिना, कुमार थापा, सुशान्त भट्टराई, प्रकाश पौडेल, उद्धव तिमल्सिना, मणिकलाल श्रेष्ठ, दावा ग्याल्जेन शेर्पा, ईश्वर खत्री र दशबहादुर रुम्बा निर्वाचित भएका छन् ।

यसअघि कार्यकारी महासचिवलगायत पदमा सर्वसम्मत भइसकेको छ । जसमा महासचिवमा ईश्वर गुभाजू, प्रथम उपाध्यक्षमा भेषबहादुर बस्नेत, तृतीय उपाध्यक्षमा विचारी पराजुली, सहकोषाध्यक्षमा उद्धव पौडेल र सदस्यमा चमेली श्रेष्ठ र कल्याणी घिसिङ निर्वाचित भएका छन् ।

प्रकाशित : चैत्र ११, २०८० १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?