कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

साहित्य र समाजसेवामा पुरस्कार घोषणा

काठमाडौँ — विराटनगरको सीता-बालमुकुन्द पोख्रेल प्रतिष्ठानले साहित्य र समाजसेवामा दुई पुरस्कार घोषणा गरेको छ । यस वर्ष साहित्यतर्फ कवि कुन्ता शर्मा र समाजसेवातर्फ श्यामप्रसाद अधिकारी 'हिडपाली साइँलो'लाई पुरस्कार दिइने भएको हो ।

साहित्य र समाजसेवामा पुरस्कार घोषणा

शर्मा पाँच दशकदेखि कविता विधामार्फत साहित्यको श्रीवृद्धिमा छिन् भने अधिकारी चार दशकदेखि स्वतन्त्रपूर्वक समाजसेवामा समर्पित छन्। जनही २५ हजार २ सय २५ रुपैयाँ राशिका दुवै पुरस्कार आगामी असार १५ गते विराटनगरमा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष सुरेश गाउँलेले बताए।

नवगठित प्रतिष्ठानको संरक्षकमा पूर्वाञ्चल बालसेवा आश्रम, विराटनगरकी संस्थापक अध्यक्ष सीता पोख्रेल, बालमुकुन्द पोख्रेल, सहयोग पोख्रेल, सीमा पोख्रेल र सन्तोष पोख्रेल छन्।

प्रकाशित : जेष्ठ ३१, २०८१ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×