कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

काठमाडौंमा पुश्किन जयन्ती मनाइयो

काठमाडौँ — काठमाडौंमा बिहीबार रुसी साहित्यकार अलेक्सान्द्र पुश्किनको २२५औं जन्मजयन्ती मनाइएको छ । जुन ६ तारिखका दिन पुश्किनको जन्मजयन्ती तथा रुसी भाषा दिवससमेत मनाइन्छ । 

काठमाडौंमा पुश्किन जयन्ती मनाइयो

कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्र परिसरमा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति निशा शर्माले पुश्किनको सालिकमा माल्यार्पण गरेकी थिइन् ।

कार्यक्रममा पुश्किनको जन्मथलोका बारेमा समेत वृत्तचित्र प्रदर्शन गरिएको थियो । कार्यक्रममा मित्र कुञ्जका सचिवसमेत रहेका इन्जिनियर रामविन्दु श्रेष्ठले पुश्किन आफ्ना सिर्जनामार्फत युगीन रहेको बताए । सोभियत कालमा रुसी भाषामा उच्च शिक्षा अध्ययन गरेका विद्यार्थीहरूका लागि पुश्किन जयन्ती विशेष रहेको समेत श्रेष्ठले बताए ।

नेपाल रुस साहित्य समाजका अध्यक्ष जंगब चौहानले सयौँ वर्षपछि पनि पुश्किनका कविता कालजयी रहेको बताए । पुश्किनका कवितामा काव्यिक सौन्दर्यता भेटिने पनि उनको भनाइ छ । कार्यक्रममा विभिन्न कवि/साहित्यकारहरूले पुश्किनका कवितासमेत वाचन गरेका थिए ।

प्रकाशित : जेष्ठ २५, २०८१ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?