कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

छिर्बिरे पुतली र शिशुको हत्केला

विप्लव प्रतीक

बमले गहिरो पारेको खाडलको डिलमा 
उभिएको छु अहिले,

छिर्बिरे पुतली र शिशुको हत्केला

बैजनी, पहोलो, हरियो र सुन्तला रङ

छ्यापिएको कालो रङको पुतली

नजाने कहााबाट आयो

र खाडल वरिपरि घुम्न थाल्यो ।


खाडलको एक छेउमा

एउटा शिशुको हत्केला र एउटी युवतीको योनि

उछिट्टिएर बसेका थिए ।


पुतली उड्दैउड्दै त्यो आलो हत्केलामा बस्यो

पखेटा फरफरायो, उड्यो र योनितिर गयो,

त्यहाा पुगेको एकै निमेषमा उड्यो

सीधै मतिर मास्तिर आयो

र उडेर गयो उसले तय गरेको दिशातर्फ ।


यतिखेर मेरा आाखा स्थिर छन्,

मेरो शरीर जड छ

मेरा विचारहरु बेस्सरी गुजुल्टो परेका छन् ।


अचानक खल्बलिन्छ दिमाग

र एउटा सोचको सुइरोले

घोच्छ विचारको पोकालाई—


सोचिरहेछु के सम्बन्ध छ बारूद, बम बनाउने वैज्ञानिक,

बम हान्न लगाउने अधिकारी, पृथ्वी, बच्चा जन्माउने आमाबा,

योनि, शिशुको शरीरबाट उछिट्टिएको हत्केला, म र बैजनी–

पहोलो–हरियो–सुन्तला रङ छ्यापिएको

कालो रङको पुतलीबीच ?

प्रकाशित : फाल्गुन ५, २०८० १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×