कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोयल लुक्स

काठमाडौँ — राणा परिवारमा चलेका फेसन शैलीदेखि बेलायती साम्राज्य फैलँदाको रोयल लुक्सलाई डिजाइनमा उतारिएको थियो ।

रोयल लुक्स

राजधानीमा चिसो बढ्दै जाँदा शनिबार साँझ हायत होटलको वातावरण निकै तातिएको छ । कारण थियो, रन–वे सेभेन । आईईसी कलेज अफ आर्ट एन्ड फेसनको सातौं ब्याचद्वारा आयोजित रन–वेमा करिब तीन घण्टासम्म डिजाइनरहरूका सिर्जनालाई मोडलहरूले प्रस्तुत गरेका थिए ।

५१ जना डिजाइनरलाई १३ समूहमा विभाजन गरिएको थियो । र, उनीहरूका सिर्जनालाई दुई महिनाको तयारीपछि कोरियोग्राफर प्रशान्त ताम्रकारले २६ मोडलमार्फत हायतमा प्रदर्शन गरिदिए । नायिकाहरू मलिना जोशी, स्वस्तिमा खड्का र आशिष्मा नकर्मी शो स्टपरका रूपमा आएका थिए ।

१२ राशिबाट प्रभावित भई तयार पारिएका पहिरनलाई पहिलो सिक्वेन्समा प्रस्तुत गरिएको थियो । त्यसमा दर्जन मोडल थिए । बाँकी १२ सिक्वेन्समा आठ–आठ जना मोडल र्‍याम्पमा उत्रिएका थिए । ती पुराना शैलीलाई आधुनिक बनाइँदा अझ आकर्षक देखिएको थियो । नेपाल, चीन र भारतको सांस्कृतिक सम्बन्ध झल्कने पहिरन पनि प्रदर्शन गरिएको थियो ।













तस्बिरहरू : महेश प्रधान


प्रकाशित : पुस १४, २०७४ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?