२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६०

वान हेल्थ अवधारणाबारे चितवनमा छलफल

काठमाडौँ — वान हेल्थ अवधारणाबारे समुदायसँग उच्चस्तरीय कार्यक्रमको आयोजना भएको छ । अमेरिकन राजदूतावास, युनाइटेड स्टेट डिपार्टमेन्ट अफ एग्रिकल्चर र सेन्टर फर मलिक्युलर डाइनामिक्सको संयुक्त आयोजनामा एक उच्चस्तरीय कार्यक्रम गरिएको छ ।

वान हेल्थ अवधारणाबारे चितवनमा छलफल

चितवन राष्ट्रिय निकुञ्जसँग आवद्ध संघ सस्था, नागरिक अगुवा र स्थानीय सरकारका प्रतिनिधिहरूसँग वान हेल्थ अवधारणा, यसले पारेको असर र बच्ने उपायहरूको खोजी भएको हो । कार्यक्रममा सहभागी अधिकारीहरूले नेपाल जुनोटिक रोगहरूको उच्च जोखिममा रहेको औँल्याएका छन् । जुनोटिक रोगका कारणले हुने महामारी र स्वास्थ्य प्रकोपको जोखिमलाई रोक्न तथा न्यूनिकरणमा ध्यान दिन सहभागीहरूले जोड दिएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रूपाखेतीले सन् २००६ देखि तीन-तीन वर्षको अन्तरालमा डेंगी देखिन थालेको बताए । उनले यसको कारण पत्ता लगाउन आवश्यक ठानेका छन् । डेंगी पहिलो पटक नेपालमा सन् २००४ बाट देखिन थालेको हो । सोही समयमा चितवनमा पहिलो केस पुष्टि भए देखि हालसम्म हरेक वर्ष देखिएको छ ।

रूपाखेतीले डेंगु समुदाय स्तरमा फैलदो क्रममा भएको स्पष्ट पारे । प्रमुख रूपाखेतीले चितवनमा गरिएको अनुसन्धानलाई देखाउँदै आधिकांश केस डायरमा देखिएको बताए । लामखुट्टेको वृद्धि विकास रोक्न वातावरणको उचित व्यवस्थापन जरुरी रहेको प्रमुख रूपाखेतीले बताए । उनले अहिलेको अवस्थामा डेंगु रोक्न सम्भव नभएको भन्दै विद्यालय स्तरबाटै प्रचार प्रसार आवश्यक भएको बताए ।

जलवायु परिवर्तन र विकास निर्माणसँगै कीटजन्य रोगहरू हिमाली जिल्लाहरूमा समेत देखिन थालेको छ । चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा. विजय कुमार श्रेष्ठले पशुबाट मान्छे, मान्छेबाट पशुमा लाग्ने रोग नै जुनोटिक भएको बताए ।

वान हेल्थ अवधारणाले मानव स्वास्थ्य जनावरको स्वास्थ्य र वरिपरिको वातावरणसँग निकटतम सम्बन्ध रहेको देखाउँछ । डा श्रेष्ठले ६० प्रतिशत रोग जनावरबाट मानिसमा सरको स्पष्ट पारे । प्राचीन कालमा नभएको रोगहरू अहिले धमाधम देखिन थाल्नुले पनि वान हेल्थ अवधारणालाई आत्मसाथ गर्दै अगाडि बढाउनु पर्ने देखाएको छ ।

प्रकाशित : चैत्र २४, २०८० १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?