जुका, औलो संक्रमणको औषधि बनाउने तीन वैज्ञानिकलाई नोबेल पुरस्कार- स्वास्थ्य - कान्तिपुर समाचार

जुका, औलो संक्रमणको औषधि बनाउने तीन वैज्ञानिकलाई नोबेल पुरस्कार

एजेन्सी

स्टकहोम — चिकित्सा क्षेत्रको लागि दिइने सन २०१५ को नोबेल पुरस्कारको लागि सोमवार तीन जना वैज्ञानिकको नाम घोषणा गरिएको छ ।


 
पुरस्कारको आधा रकम जापानका सतोशी ओमुरा र आयरलैन्डका विलियम कैम्पबेललाई दिइने छ । ओमुरा र कैम्पवेललाई जुका(राउन्डवर्म)को संक्रमण को औषधि विकसित गर्नको लागि दिइने छ ।

यस्तै पुरस्कारको अर्को खण्ड छिमेकी मुलुक चीन का प्रा.युयु तुलाई प्रदान गरिएको छ । तुलाई औलो ज्वरोको उपचारको लागि गरिएको खोजको लागि दिइन लागिएको हो ।

अगामी डिसेम्बर १० तारिखमा मनाइने नोवेल पुरस्कार उत्सवमा तीनै जनालाई पुरस्कार प्रदान गरिने छ । तीन जनालाई ९.६० लाख डलर अर्थात करिव नौ करोड ६० लाख रुपियाँ पुरस्कार राशी बाँडिने छ । पुरस्कार उत्सवमा तीनै जनालाई वेग्ला वेग्लै डिप्लोमा र गोल्ड मेडेल समेत दिइने छ ।  

यस वर्षका नोवेल चिकित्सा क्षेत्रका पुरस्कार विजेताले धेरै खतरनाक परिजिवी वाट फैलिने रोगको उपचारमा क्रान्तिकारी परिवर्तन गरेका छन् ।

लामखुट्टेले हुने औलो रोगले वर्षेनी विश्वभरीमा साढे चार लाख भन्दा बढी व्यक्ति मर्ने गरेका छन भने अरवौ्र व्यक्तिमा यो संक्रमणको खतरा बढछ ।
यस्तै जुका को परिजिवीले विश्वको एक तिहाइ जनसंख्या प्रभावित छ । यसले रिभर व्लाइन्डनेस र लिम्फैटिक फाइलेरियासिस लगायत थुप्रै रोग हुन्छ । दशकौं पछि यो रोगले जोडिएको दुई वटा औषधिको खोज ‘खेल परिवर्तन गर्ने खाल’को सावित भएको छ ।

यस अन्तर्गत ‘रिभर व्लाइन्डनेस’ र ‘लिम्फैटिक फाइलेरियासिस’ को लागि ‘एवर मैक्टिन’, र औलो को लागि ‘आर्टेमिसिनिन’, औषधिको खोज भएको थियो ।  

चीनका चिकित्सा वैज्ञानिक प्रा.तु सन १९३० को ३० डिसेम्वरमा जन्मिएका हुन । तुलाइ औलो जस्तो रोगको उपचारको लागि आर्टेमिसिनिन र डिहाइड्रोआर्टेमिसिनिन जस्ता औषधिको खोज लागि नोवेल पुरस्कार प्रदान गरिएको हो । औषधिमा नोवेल पुरस्कार प्राप्त गर्ने तु १३ औं महिला हुन् ।

प्रा.तु को यो औषधिले लाखौं व्यक्तिको ज्यान जोगाइएको हो । उनले हालै बेइजिङ मेडिकल युनिभिर्सिटिको फार्मेसि डिपार्टमेन्ट वाट स्नातकको डिग्री लिएका छन । ६० को दकमा उनले एउटा पोटेन्सियल थेरापीको पत्ता लगाउन परम्परागत जडीवुटी सम्वन्धि औषधिमा काम गरे । उनले आर्टेमिसिया अनुआ नाउ गरेको वोट को ‘एक्सट्रेक्ट(वोटमा भएको औषधिय गुण)’, लिएर औलो को परिजिवीमा परिक्षण गनै शुरु गरे । यो एक्सट्रैक्ट परिजिवी लाई समाप्त पार्न धेरै सफल भयो । यस पछि उक्त औषधिलाई आर्टेमिसिनिन नाम दिइयो ।

प्रतिवेदन अनुसार आर्टेमिसिनिन औषधिबाट मात्र अफ्रिकामा वर्षेनी एक लाख भन्दा बढी व्यक्तिको ज्यान जोगाउने गरिएको छ ।
 
जापानी शुक्ष्म जीव विज्ञानी सतोशी ओमुरा सन १९३५ मा जन्मिएकी हुन । जुकाको औषधिको खोज माटोको नमुनामा माइक्रोव्समा अध्ययन गरेर गरेका थिए ।
सन १९३० मा आयरलैण्डमा जन्मिएका प्रा.विलियम कैम्पबेल परिजिवी जिव विज्ञानको विशेषज्ञ हुन् । सन् १९५२ मा उनले डवलिनको ट्रिनिटी कलेजबाट स्नातक गरेका थिए । हाल प्रोकैम्पवेल न्यू जर्सी को ड्रयु विश्वविद्यालयमा रिसर्च फेलो छन ।

चिकित्सा क्षेत्रको नोवेल सम्वन्धि केही तथ्य
सन १९०१ देखि हाल सम्म १०६ जनालाई चिकित्सा क्षेत्रमा नोवेल पुरस्कार प्राप्त भइ सकेको छ । यस अन्तर्गत हाल सम्म १३ महिला ले चिकित्सा क्षेत्रमा नोवेल पुरस्कार प्राप्त गरि सकेकी छिन ।

फ्रेडरिक जी बैन्टिग चिकित्सा क्षेत्रमा सवै भन्दा कम उमेर मा नोवेल पुरस्कार प्राप्त गर्ने हुन् । उनलाई इन्सुलिनको अविस्कार गर्नको लागि सन १९२३ मा मात्र ३२ वर्षको उमेरमा नोवेल पुरस्कार प्रदान गरिएको थियो ।

यस्तै ८७ वर्षिय पेटन राउस चिकित्सा क्षेत्रमा नोवेल पुरस्कार पाउने सवै भन्दा बढी उमेरका विजेता हुन । राउसलाइ सन १९६६ मा ‘टयुमर इन्डयुस्ड भाइरस’को खोजीको लागि नोवेल पुरस्कार दिइएको थियो ।

प्रकाशित : आश्विन १८, २०७२ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्

भट्टराई आचरणमा नबसेको एमाओवादी निष्कर्ष

बाबुरामबारे एमाओवादीको आधिकारिक धारणा मंगलबार
सरोजराज अधिकारी

काठमाडौं — एमाओवादीले डेढ साताअघि पार्टी छाडेका नेता बाबुराम भट्टराईबारे आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा सोमबार बसेको पदाधिकारी बैठकले भट्टराईका अभिव्यक्तिबारे पनि छलफल भएको थियो ।

एमाओवादीले डेढ साताअघि पार्टी छाडेका नेता बाबुराम भट्टराईबारे आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा सोमबार बसेको पदाधिकारी बैठकले भट्टराईका अभिव्यक्तिबारे पनि छलफल भएको थियो । युद्धकालमा आफूलाई पार्टीभित्रैबाट मार्न खोजिएको, एमाओवादी भुकम्पले थिलथिलो भएको रातो स्टिकर टाँसेको घरजस्तो भएको, पार्टी भ्रष्टचारले थिलथिलो भएको र अध्यक्ष दाहाललाई अख्तियारले पक्राउ गर्नेजस्ता अभिव्यक्ति भट्टराईले दिएको भनी सार्वजनिक भएको छ ।

‘उहाँले पार्टी छाडे पनि एकअर्काविरुद्ध गालीगलौज नगर्ने सहमति भएको थियो । तर उहाँ त्यो आचरणमा रहनुभएन,’ सचिव पुनले भने, ‘त्यस्तो अभिव्यक्ति दिनुभएको हो कि होइन, त्यसबारे उहाँसँग बुझ्ने र मंगलबार पार्टीका तर्फबाट आधिकारिक धारणा तय गर्ने निर्णय भएको छ ।’

बैठकले संविधान निर्माणको अगुवाई गरेका प्रमुख तीन राजनीतिक दलसहितको राष्ट्रिय सरकार निर्माण हुनुपर्नेमा जोड दिएको छ । बैठकले राष्ट्रिय सरकार निर्माणका विभिन्न आधारहरु समेत तय गरेको सचिव वर्षमान पुनले जानकारी दिए ।

राष्ट्रिय सरकारका मुख्य कार्यभारमा भारतले लगाएको नाकाबन्दी खुलाउन तत्काल राजनीतिक–कूटनीतिक पहल गर्ने, मधेसी–थारुका मागबारे वार्ता गरी संविधान संशोधनमार्फत् सम्बोधन गर्ने, भुकम्पपछिको नवनिर्माणलाई प्राथमिकता दिने, संविधानले निर्देश गरेअनुरुपका कानुन र संरचना बनाएर कार्यान्वयन गर्ने, सुशासन र सम्वृद्धिको दिशामा अघि बढ्नेलगायत आधार तय गरेको हो ।

एमाओवादीले मधेसी–थारुका मुद्धा सम्बोधन गर्न पहलकदमी लिने निर्णय पनि गरेको छ । त्यसैगरी भुपरिबेष्ठित मुलुकको पारवहन सुविधा सहज बनाउनका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेको छ ।

राष्ट्रिय सरकारमा जोड दिने भनिए पनि एमाओवादीले कसको नेतृत्वमा सरकार बनाउने भन्ने धारणा स्पष्ट नगरेको सचिव पुनले जानकारी दिए ।


दाहाल बेइजिङ जाने

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल चीनको राजधानी बेइजिङ जाने भएका छन् । दाहाल आगामी अक्टोबर १५ तारिखमा बेइजिङ जाने उनका स्वकीय सचिव तथा एमाओवादी केन्द्रिय सदस्य चुणामणि खड्काले जानकारी दिए ।

‘भ्रमणका क्रममा उहााले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नुहुनेछ,’ खड्काले भने, ‘त्यसक्रममा नेपालको संविधान निर्माण र त्यसपछिका राजनीतिक घटनाक्रमबारे जानकारी गराउनुहुनेछ ।’ चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागद्वारा आयोजित ‘सिल्क रोड’सम्बन्धी एसियाली राजनीतिक दलहरुको विशेष सम्मेलनमा पनि सहभागिता जनाउने खड्काले जानकारी दिए ।

‘सम्मेलनमा सहभागितामात्र भए त उहाँले कसैलाई प्रतिनिधिका रुपमा पठाउनु हुन्थ्यो तर उच्चस्तरीय भेट पनि गर्ने भन्दै उहाँलाई नै निम्त्याइएकाले आफै जान लाग्नुभएको हो,’ खड्काले भने । यसअघि पनि सम्मेलनमा सहभागिताका लागि गत चैत दोस्रो साता कुन्मिङ गएका दाहाललाई चिनियाँ अधिकारीहरुले विशेष विमानबाट बेइजिङ लगेर उच्चस्तरीय भेटवार्ता गराएका थिए ।

प्रकाशित : आश्विन १८, २०७२ २०:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×