वैशाख १२ पछि ४ रेक्टरमाथिका ४२२ परकम्प

कान्तिपुर संवाददाता

काठमाडौं — सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बिहीबार बिहान ७ बजेर ४१ मिनेट जाँदा ४.३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रेक्टर स्केलमाथिका ४ सय २२ पटक परकम्प गइसकेका छन् ।

 

प्रकाशित : पुस १६, २०७२ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौंमा प्रहरीद्वारा २० जना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौं — प्रहरीले लागु औषध कारोबार तथा चोरी अभियोगमा २० जना बढीलाई पक्राउ गरेको छ । महानगरीय परिसर अन्र्तगतको विभिन्न वृतहरुले संगठति रुपमा लागु औषध कारोवार गर्ने गिरोहलाई पक्राउ गरेको हो ।

विहीबार परिसर कार्यालय टेकुमा पत्रकार सम्मेलन गर्दै थान वृतका डिएसपी डिल्लीराज पन्तले उपत्यका बाहिरबाट सवारी साधनमा लुकाई ल्याइ रहेको अवस्थामा गाँजा, कोरेक्स जस्ता लागु पदार्थ बरामदर गरेको जानकारी दिए । उनका अनुसार नुवाकोटका सुरेश गिरी, बाँकेका कुशल भट्टराई, धादिङका विशाल तामाङ, सिन्धुपाल्चोकाका राजु खडालाई पक्राउ गरेको हो । सर्लाहीका आशिष रेग्मी, सर्लाहीकै लक्ष्मण खडका र सुवास श्रेष्ठलाई पक्राउ गरिएको पन्तले बताए ।

त्यसैगरी बाराका चन्द्र शर्मा, ललितपुरका रुदेन थापा र बाराका सुभराज लामालाई पनि लागु औषध कारोबारको पक्राउ अभियोगमा पक्राउ गरेको छ । उनीहरुको साथबाट ठूलो परिणाममा करेक्स लगायतका लागु पदार्थ बराद गरिएको महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।
त्यस्तै गरी कालीमाटी बृतले राजधानीका विभिन्न स्थानमा ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । गुल्मीका बहादुर कुमाल र विष्णुबहादुर कुमालाई चोरी अभियोगमा पक्राउ छ । चोरीकै अभियोगमा महाराजगंज प्रहरी वृतले ६ जनालाई पक्राउ गरेको छ । भारत हैदराद भएका सुरेश मटम, बब्लु गिरी, नरेश गिरी, टिराज गिरी, सुरेश गिरी र राजु अधिकारीलाई पक्रा गरिएको महाराजगंज वृतका डिएसपी विश्वमणि पोखरेले बताए ।

प्रकाशित : पुस १६, २०७२ १९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×