कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

यातायात व्यवस्था विभागका एक निर्देशक घूस लिएको अभियोगमा पक्राउ

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका एकजना निर्देशकलाई बिहीबार घूस लिएको अभियोगमा पक्राउ गरेको छ ।


अख्तियारको टोलीले विभागका प्राविधिक निर्देशक नबिनकुमार पोखरलेललाई नयाँ बानेश्वरस्थित विभागको कार्यालयबाट नियन्त्रणमा लिएको हो । पोखरेललाई १ लाख ८० घूस लिएको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
एभन साइकल लिमिटेडको ईलकेक्टि्रक स्कुटर ल्याउन नेपालगन्ज भन्सार कार्यालयले यातायत व्यवस्था बिभागको सिफारिस माग गरेकोमा उक्त सिफारिस बनाउन निर्देशक पोखरेलले प्रति स्कुटर ५ हजारका दरले ३६ वटा स्कुटरको सिफारिस वापत १ लाख ८० हजार घूस लिएको अख्तियारद्वारा जारी  विज्ञप्तीमा जनाइएको छ ।

 

प्रकाशित : पुस १६, २०७२ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×